
बुटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
पुर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जानकारी दिएको छ । जिपमा चालकसहित ७ जना सवार रहेको प्रारम्भिक विवरणमा बताइएको छ ।
पूर्तिघाट प्रहरी चौकि बाट प्र.स.नि. घनश्याम रिमालको कमाण्डमा खटिएको ५ जनाको टोलीले घाईतेहरुलाई उपचारको लागि पाल्पा तर्फ पठाईएको छ ।
दुर्घटनामा भएको विवरण यस्तो छ ।
मृतक:- १. मृतक:- जिल्ला गुल्मी सत्यवती गा.पा. ८ भार्से बस्ने बर्ष ३२ की कमला बुढाथोकी पुर्तिघाट स्वास्थ्य चौकिमा लगिएको ।
२. चालकः-वतन नखुलेको बर्ष २९ को केशव रानाको दुवै हातमा चोट अबस्था मध्यम ।
३. जिल्ला गुल्मी सत्यवति गा.पा.८ भार्से बस्ने बर्ष ३७ की रिता छन्तेलको दाईने कान,चिउडोमा चोट अबस्था सिरियस ।
४. ऐ. बस्ने निजको छोरी बर्ष ४ कि ईरिसा छन्तेलको दुवै हात,छाति,टाउकोमा चोट अबस्था सिरियस ।
५. जिल्ला गुल्मी बस्ने बर्ष २६ को अजय नेपालीको नाकमा चोट अबस्था मध्यम ।
६. जिल्ला गुल्मी बस्ने बर्ष ७५ को टेक ब. कलाको टाउकोमा चोट अबस्था सिरियस ।
७. जिल्ला गुल्मी बस्ने बर्ष ४६ को दुरपति बराल शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम ।
८. जिल्ला गुल्मी बस्ने बर्ष २३ को मेख बरालको शरिरको भित्री भागमा चोट अबस्था सिरियस ।
साभारः ग्लोबल आवाज + लुम्बिनी पत्रीका