
टोक्यो- टोकियोकी ७० वर्षीया एक महिलालाई ‘जापानी अन्तरिक्ष यात्री’को रूपमा आफूलाई प्रस्तुत गर्दै ३ करोड येन ठगी गरेको आरोपमा तीनजना भियतनामी नागरिकहरू पक्राउ परेका छन्। प्रहरीका अनुसार, आरोपितहरूले सामाजिक सञ्जालमार्फत महिलाको विश्वास जितेर पैसा पठाउन बाध्य बनाएका थिए ।
उनीहरूले ‘पृथ्वी फर्कन्जेलसम्म लगेज भण्डारण गर्न’ र ‘भविष्यको व्यवसायिक योजना’को बहाना बनाएर महिलाबाट रकम असुल गरेका थिए।
पक्राउ परेकाहरुको घरबाट सयभन्दा बढी बैंकबुक र क्यास कार्ड जफत गरिएको छ।