बुटवल – विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखा गठन भएको छ । अमेरिकामा प्रधान कार्यालय रहेको अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखाको अध्यक्षमा उत्तम प्रसाद गौडेल चयन हुनुभएको छ।

महासंघको प्रधान कार्यालय अमेरिकाबाट जारी प्रेस विज्ञप्तीमा गौडेलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन गरिएको उल्लेख छ । अध्यक्ष गौडेल एभिन्युज टेलिभिजनका जापान व्यूरो प्रमुख तथा एक्स्क्लुसिभ न्युज टाइमका प्रधान सम्पादक समेत हुनुहुन्छ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ जापान शाखाको उपाध्यक्षमा गोकर्ण अधिकारीलाई चयन गरिएको छ । नेपालका विभिन्न रेडियो तथा पत्रिकामा कार्म गरिसक्नु भएका पत्रकार अधिकारी हाल कारोबार दैनिकका जापान संवाददाता तथा टपनेपालन्युज डटकमका सम्पादक तथा जापानबाट संचालित जापानसमाचारडटकमका प्रधान सम्पादक हुनुहुन्छ।

यसैगरी महासंघको जापान शाखा महासचिवमा मुक्ति सुबेदीले जिम्मेवारी पाउनु भएको छ। सुबेदी राज्य टेलिभिजनको हाल जापान प्रतिनिधिको रुपमा कार्यरत रहनुहुन्छ। यसैगरी सचिवमा नागरिक दैनिकका जापान व्युरो प्रमुख नारायण रिमाल रहँदा कोषाघ्यक्षमा एक्सक्लुसिभ न्युज टाइमकी अनलाइन कार्यक्रम संयोजक संगिता कुँवर चयन हुनुभएको छ ।

यसैगरी सदस्यमा जापानसमाचार डटकमका सम्पादक जगत बहादुर खड्का ज्याक र हेर्ने कुरा बाट लक्ष्मण पाठक चयन हुनुभएको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका केन्द्रले जापान शाखालाई केन्द्रसँग समन्वय गर्दै संस्थाको नीति, नियम र बिधान अनुसार कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखाले छिट्टै औपचारिक रुपमा जापान शाखा गठन बारेमा जानकारी गराउने र जापानभर छरिएर रहनुभएका विभिन्न मिडियामा आवद्ध तथा स्वतन्त्र रुपमा पत्रकारिता गर्दै आउनुभएकाहरुलाई समेटेर अघि बढ्ने योजना ल्याउने अध्यक्ष उत्तम गौडेलले जानकारी गराउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर